९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका पूर्व वरिष्ठ सम्पादक मिश्रको निधन



अ+ अ-

काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) का पूर्व वरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ ।

ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । मिश्रका एक छोरा हुनुहुन्छ । नेपाल प्रेस युनियन रासस शाखाको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिनुभएको थियो ।

उहाँले राससमा दुईदशकभन्दा वढी सेवा गर्नुभएको थियो । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिएको छ । रासस




भर्खरै