६ पुष २०८२, आईतवार
,
Latest
अकस्मात सरकारसँग किन बिच्किए प्रचण्ड ? मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससका पूर्व वरिष्ठ सम्पादक मिश्रको निधन



अ+ अ-

काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) का पूर्व वरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षका उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ ।

ललितपुर महानगरपालिका वडा १८ निवासी समाजसेवी मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँ विगत दुईवर्षदेखि पेट सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । मिश्रका एक छोरा हुनुहुन्छ । नेपाल प्रेस युनियन रासस शाखाको पूर्व अध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकास लिनुभएको थियो ।

उहाँले राससमा दुईदशकभन्दा वढी सेवा गर्नुभएको थियो । आजै पशुपति आर्यघाटमा मिश्रको अन्तिम दाहसंस्कार गरिएको छ । रासस