१४ फाल्गुन २०८१, बुधबार
February 26, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.69

Wind: 2.06

Humidity: 55

तपाईं के खोज्दै हुनुहुन्छ ?
मनमोहन कार्डियोथोरासिक सेन्टरमा झुण्डिएको अवस्थामा मृत भेटिए कर्मचारी

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा कर्मचारी मृत फेला परेका छन्। शुक्रबार बिहान पौने ८ बजे सेन्टरको फार्मेसीमा कार्यरत अर्घखाँचीका ३६ वर्षीय अमृत पोखरेल मृत भेटिएका हुन्। पोखरेल सेन्टरको दुई तलामाथि स्टोर रूमको भर्‍याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ ।