© 2023
काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको प्रमुख प्रदर्शनी ‘एच.पी. प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ । अटो शोको यो १८औँ संस्करण हो ।