© 2023
भोजपुर। वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।