१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण
DCIM101MEDIADJI_0166.JPG
अ अ+ अ-

भोजपुर। वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

सुक्खा समयमा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले उक्त पोखरी निर्माण गरिएको हो । डिभिजन वन कार्यालय भोजपुरको समन्वय र प्राविधिक सहयोगमा सामुदायिक वन उपभोक्ता समूहले पोखरी निर्माण गरेको हो ।

वन क्षेत्रमा तापक्रम बढ्नु र पानीका स्रोत सुक्दै जान थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा पस्ने समस्या बढ्दै गएको छ । यस्तो अवस्थामा त्यस्ता पोखरीले वन्यजन्तु संरक्षणमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताउनुभयो ।

डिभिजन वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरिएको हो ।  पोखरी निर्माणमा कार्यालयको रु पाँच लाख र उपभोक्ता समूहको श्रमदान बराबर रु ५३ हजार गरी कुल पाँच लाख ३८ हजार खर्च भएको छ ।

वन क्षेत्रमा नै पानीको व्यवस्था भएपछि मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।  “वनमा पानीको अभाव हुँदा वन्यजन्तु बस्तीमा पस्ने गरेका छन् । त्यसलाई रोक्न यस्ता संरचना आवश्यक छन्,” उहाँले भन्नुभयो ।

डिभिजन वन कार्यालयका कर्मचारी सीताराम ओझाले पोखरी निर्माणले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । पानी सहज रूपमा उपलब्ध भएपछि वन्यजन्तुलाई वन क्षेत्रमै बस्न सहज हुने उहाँको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले पोखरी निर्माणले वनको जैविक विविधता संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । यस्ता संरचनाले वन्यजन्तुको बासस्थान जोगाउन र वातावरणीय सन्तुलन कायम राख्न मद्दत गर्ने उहाँले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै जानु र खडेरी बढ्दै जाँदा वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा भुल्के छोक्ला सामुदायिक वनमा निर्माण गरिएको पोखरी वन्यजन्तु संरक्षणका लागि उपयोगी हुने स्थानीयवासीको भनाइ छ । वन कार्यालयले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । रासस