६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौँ। भारतका वातावरण, वन तथा जलावायु परिवर्तन मन्त्री भूपेन्द्र यादव नेपाल भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । उहाँ सगरमाथा संवादमा सहभागी भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आउनुभएको हो । आज अपराह्न काठमाडौँ आइपुग्नुभएका मन्त्री यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गर्नुभएको थियो ।