२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशीलाई काठमाडौंमा बन्धक बनाइ फिरौती असुल्ने गिरोह पक्राउ

काठमाडौँ । बंगलादेशी नागरिकहरुलाई वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ७ व्यक्ति प्रक्राउ परेका छन् । बंगलादेशी नागरिकलाई बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी र नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।