© 2023
काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमिति गठन गरेको छ। प्रतिष्ठानको तेस्रो बैठकले विभिन्न क्षेत्रका नीति निर्माण, अनुसन्धान तथा संवादलाई व्यवस्थित बनाउन उपसमितिहरू गठन गर्दै संयोजक चयन गरेको हो। जेठ १३ गते बेलुकी सम्पन्न बैठक पार्टी सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा बसेको थियो