४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा ७ विषयगत उपसमिति गठन

नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा ७ विषयगत उपसमिति गठन
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमिति गठन गरेको छ।

प्रतिष्ठानको तेस्रो बैठकले विभिन्न क्षेत्रका नीति निर्माण, अनुसन्धान तथा संवादलाई व्यवस्थित बनाउन उपसमितिहरू गठन गर्दै संयोजक चयन गरेको हो।

जेठ १३ गते बेलुकी सम्पन्न बैठक पार्टी सभापति गगनकुमार थापाको प्रमुख आतिथ्यतामा बसेको थियो भने बैठकको अध्यक्षता प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले गरेका थिए।

बैठकमा उपप्रमुख मधु आचार्यले आन्तरिक आचारसंहिता सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यसअघि दोस्रो बैठकबाट चयन भएका ६ जना संयोजकहरूले समेत आफ्नो अवधारणा तथा कार्ययोजना प्रस्तुत गरेका थिए।

बैठकले प्रतिष्ठान प्रमुखको प्रस्तावमा सात विषयगत उपसमिति गठन गर्दै संयोजक चयन गरेको जनाएको छ। जसअनुसार अर्थ योजना : पार्टीको नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेल चयन भएका छन्। उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बीमा, सहकारीलगायत समग्र वित्तीय क्षेत्रका विषयमा काम गर्नेछ।

त्यसैगरी जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी चयन भएकी छन्। यो उपसमितिले हिमालमा जलवायु परिवर्तनको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्मका विषयमा काम गर्नेछ।

नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद र समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम चयन भएका छन्। उक्त उपसमितिले विभिन्न पुस्ताबीच संवाद तथा समन्वयका विषयलाई प्राथमिकता दिने बताइएको छ।

अनौपचारिक क्षेत्रका श्रमिक : नीति र न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् भने बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी चयन भएका छन्। बाल अधिकार उपसमितिले बाल श्रमदेखि समग्र बालबालिकाको हित संरक्षणसम्बन्धी विषयमा काम गर्ने जनाइएको छ।

यस्तै सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोख्रेल तथा गैरसरकारी संस्था नीति संवाद र समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएका छन्।

प्रतिष्ठानले उपसमितिका संयोजकहरूले आफ्नो प्रारम्भिक अवधारणा तथा कार्ययोजना आगामी चौथो बैठकमा पेश गर्ने जनाएको छ।