© 2023
काठमाडौं । वर्षाका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ र नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध भएपछि यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । गएरातिदेखि परेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा काठमाडौं–हेटौंडा जाने कान्तिलोकपथ अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सिमानामा

वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीआवतजावत गर्न कठिनाइ भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

निर्माण कम्पनीले नारायणगढ–बुटवल सडक आगामी डिसेम्बरसम्म स्तरोन्नतिको काम सम्पन्न नगरे सरकारले ठेक्का तोड्ने भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।