© 2023
काठमाडौँ। भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज इन्डिया’ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरू)को एकल प्रदर्शनी गरिएको छ । काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरिएको उक्त तीन दिने एकल फोटो प्रदर्शनीले नेपालीहरूलाई भारतीय सम्पदाबारे ज्ञान हासिल गर्न सहयोग पुगेको सहभागी अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन् ।