१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन
अ अ+ अ-

काठमाडौँ। भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय) नलिनिकान्त भैश्यकका ‘हेरिटेज इन्डिया’ शीर्षकमा काठमाडौँमा छविचित्रहरू (फोटाहरू)को एकल प्रदर्शनी गरिएको छ ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरिएको उक्त तीन दिने एकल फोटो प्रदर्शनीले नेपालीहरूलाई भारतीय सम्पदाबारे ज्ञान हासिल गर्न सहयोग पुगेको सहभागी अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन् ।

प्रदर्शनी अवलोकन गर्दै नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति गोपाल चित्रकारले परिषद्को प्रदर्शनी दीर्घामा राखिएका तस्बीरस्तरीय रहेको र नेपालका कला, संस्कृति र सम्पदा सन्दर्भमासमेत यस प्रकारका प्रदर्शनीको परम्परा नियमितता बन्न सकेमा फलदायी रहने प्रतिक्रिया दिनुभयो ।

उक्त प्रदर्शनीमा भारतका विभिन्न स्थानमा रहेका कला, संस्कृति तथा सम्पदा विषयसँग सम्बन्धित ३२ थान अत्यन्त कलात्मक र महत्वपूर्ण छविचित्रहरू समावेश गरिएका छन् । छविकार भैश्यकका अनुसार प्रर्दर्शित छविचित्रहरू नेपाल र भारत दुवै देशको सांस्कृतिक पक्ष समान प्रकृतिको भएको र सो सन्दर्भमा नेपालमासमेत भारतको सांस्कृतिक स्थितिलाई प्रकाशित गर्न पाउनु गरिमाको विषय भएको बताउनुभयो ।

भैश्यक गुजरात राज्यका तर्फबाट पटकपटक सम्मानित व्यक्तित्वका रूपमा रहनुभएको छ । निकुञ्ज व्वाइका रूपमा चिनिनुभएका भैश्यक भारतमा गौरब पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

यस प्रदर्शनीमा भारतको ११ राष्ट्रका सबै धर्मका संस्कृति, आर्किटेक, पत्थर र काष्टकला देखाउनुभएको छ । उहाँले यसरी आठवटा एकल फोटो प्रदर्शनी गरिसक्नुभएको छ । यहाँ भारतका चर्र्तित सम्पदा ताजमहल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गाउँ गुजरातको एक महत्त्वपूर्ण र कलात्मक गेट, भारतको लालकिल्ला, इन्डोलामहल, तामिलनाडुका गणेश र विष्णु, चेन्याइका मिनाक्षी मन्दिर, मैशासुर राक्षसको बध, मङ्गेश मन्दिर, इन्डिया गेट, रथ आकारको उडिसाको सन टेम्पिल, पद्मावती प्यालेस, बोधगया, जयपुुरको जल महललगायतका सम्पदाहरू प्रदर्शन गरिएको थियो ।

प्रदर्शनी अवलोकनमा नेपालका चित्रकार तथा लेखक रतनकुमार राईसहित नेपालका छविचित्र क्षेत्रका अधिकांश विशिष्ठ छविकारहरूको बाक्लो उपस्थिति रहेको थियो । प्रदर्शनी संयोजक नेपालका वरिष्ठ चित्रकार र कला समालोचक नगेन्द्रप्रसाद पौड्यालले ऐतिहासिक तस्वीर प्रदर्शनको संयोजन गर्न पाउँदा खुसी व्यक्ति गर्नुभयो ।

उहाँले फोटोग्राफीको सैद्धान्तिक पक्ष, प्राविधिक पक्ष वा छायाँ र प्रकाशका विषयका साथै विषयवस्तु छनोटका हिसाबले हेर्दा उत्कृष्ट रहेको र नेपाली फोटोग्राफरका लागि पनि सिकाइ भएको अनुभव सुनाउनुभयो ।

अग्रजहरू किरण चित्रकार, राजेन्द्र चित्रकार, श्याम चित्रकार, मिनरत्न बज्राचार्य, विकास रौनियार, हरिवंश किराँतलगायतको उक्त प्रदर्शनीको प्रशांसा गर्नुभएको उहाँले अनुभव सु्नाउनुभयो । यही कात्तिक १६ गतेदेखि आयोजना गरिएको फोटो प्रदर्शनी आज एक समारोकाबीच समापन गरिएको छ । रासस