४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दुरा समुदायको इतिहास र संस्कृति झल्किने पुस्तक

काठमाडौँ । आजकल, कतिपय अध्येताले देशका जातजातिको जीवनशैलीलाई समेटेर अध्ययन गर्ने तथा कृति प्रकाशन गर्ने क्रममा मन्दी आएको विचार राख्दै आएका छन् । नेपालजस्तो जातजाति, भाषा, संस्कृति आदिका दृष्टिले विविधताले भरिएको देशका लागि यस्तो आवाज आउनु सुखद् प्रसङ्ग अवश्य पनि होइन । यद्यपि, यस क्षेत्रमा काम ठप्पै भएको भने होइन