© 2023
काठमाडौं । देशभ दशैंको उल्लास छ । विदेशीएकाहरु घर फर्किरहेका छन् । देशभित्रै भए पनि आफ्नो थातथलो छाडेर बाहिर बसिरहेकाहरु घर फर्किंदै छन् । ठाउँठाउँमा पिङ हालेर रमाइलो गरिँदै छ । शक्तिपीठहरु झकिझकाउ पारिएको छ । मन्दिरमा मानिसको बिहानैदेखि साँझ अबेरसम्म घुइँचो लाग्छ । यो बेला मौसम पनि निकै सुन्दर