© 2023
ढोरपाटन । समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाईमा छ थामचौर । अग्लो पहाडको टुप्पोमा टक्क अडिएको थामचौर प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । अझ यहाँबाट देखिने दृश्यले धेरैलाई मोहित पार्छ । उत्तरतिर सेताम्य हिमशृङ्खला, लालीगुराँस फुलेर रातम्या बनेका जङ्गल र अग्ला पहाड अवलोकनका लागि थामचौर उत्कृष्ट गन्तव्य हो ।