४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गहवामाईको डोली यात्रा सम्पन्न

पर्सा। गहवामाईको निशानसहितको डोली यात्रा हजारौँ दशनार्थीको सहभागितामा सम्पन्न भएको छ । वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा आज चैते दसैँंको अवसरमा डोली यात्रा निकालिएको हो । गहवामाईको धार्मिक अनुष्ठान पूरा गरेपछि माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्रकुमार साहलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा प्रारम्भ गरिएको थियो ।