३ पुष २०८२, बिहीबार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहवामाईको डोली यात्रा सम्पन्न



अ+ अ-

पर्सा। गहवामाईको निशानसहितको डोली यात्रा हजारौँ दशनार्थीको सहभागितामा सम्पन्न भएको छ । वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा आज चैते दसैँंको अवसरमा डोली यात्रा निकालिएको हो ।

गहवामाईको धार्मिक अनुष्ठान पूरा गरेपछि माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्रकुमार साहलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा प्रारम्भ गरिएको थियो ।

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको सम्पूर्ण धार्मिक परम्पराअनुसारको अनुष्ठान पूरा गरेपछि डोली यात्रा निकालिएको बताउनुभयो । “गहवामाईको हिन्दू धार्मिक परम्पराअनुसारको पूजापाठ सुरुआत ग¥यौँ । पूजापाठसहित सबै प्रक्रिया पूरा गरेपछि मन्दिर प्राङगणबाट डोली यात्रा निकालिएको हो”, उहाँले भन्नुभयो ।

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो ।रासस