२८ भाद्र २०८३, आईतवार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गहवामाईको डोली यात्रा सम्पन्न



अ+ अ-

पर्सा। गहवामाईको निशानसहितको डोली यात्रा हजारौँ दशनार्थीको सहभागितामा सम्पन्न भएको छ । वीरगञ्ज महानगर र आसपासका दर्शनार्थीको उपस्थितिमा आज चैते दसैँंको अवसरमा डोली यात्रा निकालिएको हो ।

गहवामाईको धार्मिक अनुष्ठान पूरा गरेपछि माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्रकुमार साहलगायत विशिष्ट व्यक्तिको उपस्थितिमा धार्मिक परम्पराअनुसार मन्दिरभित्रबाट डोली यात्रा प्रारम्भ गरिएको थियो ।

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले डोली तथा निशान पूजाको सम्पूर्ण धार्मिक परम्पराअनुसारको अनुष्ठान पूरा गरेपछि डोली यात्रा निकालिएको बताउनुभयो । “गहवामाईको हिन्दू धार्मिक परम्पराअनुसारको पूजापाठ सुरुआत ग¥यौँ । पूजापाठसहित सबै प्रक्रिया पूरा गरेपछि मन्दिर प्राङगणबाट डोली यात्रा निकालिएको हो”, उहाँले भन्नुभयो ।

डोली यात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भई वीरगञ्जको रोड नं २ हुँदै विर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घण्टाघर हुँदै गहवामाई मन्दिर प्राङ्गणमा आएर समापन भएको थियो ।रासस