© 2023
काठमाडौँ। सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त कृष्णभीरमा सात दिनको निरन्तर कामपछि यातायात सञ्चालन गर्न सकिने अवस्था तयार भएको जनाएको छ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले बुधवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै बिहीवार बिहान ६ बजेदेखि कृष्णभीरमा दुवैतर्फबाट यातायात सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा भएको जानकारी दिनुभएको हो ।