© 2023
काठमाडौँ। बैङ्किङ कसुर मुद्दामा रु एक करोेड ५८ लाख ५४ हजार ६३० जरिवाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई आज पक्राउ गरेको हो ।