© 2023
काठमाडाैँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी अघि बढाएको छ। प्रविधिको प्रयोगमार्फत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्ने उद्देश्यसहित ‘फेसलेस ट्राफिक म्यानेजमेन्ट सिस्टम’ विस्तार गर्ने योजना अघि सारिएको छ। कार्यालयका अनुसार परीक्षणका रूपमा काठमाडौंको थापाथली क्षेत्रमा यो प्रणाली लागू भइसकेको छ।