© 2023
एजेन्सी । ब्लकबस्टर फिल्म शोले मा “अंग्रेजको जमानाका जेलर” को भूमिका निभाएका अभिनेता गोवर्धन असरानीको सोमबार दिउँसो १ बजे निधन भएको छ । ८४ वर्षको उमेरमा उनले अन्तिम सास लिएका हुन् । चार दिनअघि उनलाई अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले प्राण त्यागे । उनका फोक्सोमा पानी भरिएको बताइएको छ

लामो संघर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैं सम्झिइरहनेछन्।