९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन



अ+ अ-

नयाँ दिल्ली। बलिउडका वरिष्ठ हास्य कलाकार तथा अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ।

उनी पछिल्ला पाँच दिनदेखि अस्पतालमा उपचाररत थिए। १९४१ जनवरी १ मा जयपुरमा जन्मिएका असरानीको असली नाम गोवर्धन असरानी हो। उनले सन् १९६० दशकमा अभिनय यात्रा सुरु गर्दै करिब ४०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।

‘शोले’मा “अंग्रेजहरूको जमानाको जेलर” को भूमिकाबाट प्रसिद्ध भएका उनले ‘खट्टा मीठा’, ‘चुपके चुपके’, ‘बावर्ची’ लगायतका फिल्ममार्फत बलिउडमा आफ्नै हास्य पहिचान स्थापित गरेका थिए।

असरानीले अभिनेत्री मन्जु बंसल इरानीसँग विवाह गरेका थिए र उनीहरू धेरै फिल्ममा सँगै देखिएका थिए। सन् २००४ मा भारतीय कांग्रेस पार्टीमा आवद्ध भई राजनीतिमा पनि सक्रिय भएका थिए।

लामो संघर्षपछि ‘गुड्डी’ फिल्मबाट सफलताको यात्रा सुरु गरेका असरानी भारतीय सिनेमामा अमर हास्य पात्रका रूपमा सधैं सम्झिइरहने छन्।