© 2023
काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को १०३औँ विशेष शृङ्खला सम्पन्न भएको छ । आज यहाँ आयोजित शृङ्खलामा स्रष्टा भवानी खतिवडाका एक दर्जन कविता प्रस्तुत गरिएका थिए। प्रस्तुत देशभक्तिपूर्ण र समसामयिक विषयवस्तुका छन्दोबद्ध कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा डा देवी नेपालले खतिवडा प्रकृतिको जीवन्त चित्रण, सामाजिक बेथितिलाई शालीन ढङ्गले