२ श्रावण २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

धरान, (सुनसरी) । शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर बेच्नुहुन्छ