• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo
Latest
★   गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ? ★   पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो ★   काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते ★   जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक: मन्त्री बस्नेत ★   प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता– तस्बिरहरु ★   जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर जले ★   झापामा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु ★   कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’ ★   एमाले अध्यक्ष ओली आज इलाम जाँदै, चुलाचुलीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने ★   स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

पानीमा तैरने सहर बन्दै, जसमा १२ हजार मानिस रहनसक्ने



एजेन्सी । दक्षिण कोरियाको बुसान सहरमा पानीमा तैरने सहर बन्ने भएको छ । तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर यो एकदम सत्य हो । यो सहर कुनै आश्चर्य भन्दा कम हुनेछैन ।

विश्वको पहिलो तैरने सहरको प्रोटोटाइप भइरहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा वैज्ञानिकहरुले यसको तयारी गरिरहेका छन् ।

यो परियोजना गत वर्ष घोषणा गरिएको थियो, जसलाई ओसियनिक्स(OCEANIX) नाम दिइएको छ । यस सहरको नयाँ डिजाइन गरिएका तस्बिरहरूमा, यो देख्न सकिन्छ कि आपसमा जोडिएका प्लेटफर्महरू १५.५ एकड क्षेत्रफलमा फैलिएका छन् । यो अनौठो सहरमा १२ हजार मानिस बस्न सक्छन् ।

सहरलाई पानीमा तैराउन २४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो सहरको निर्माण सन् २०२५ सम्ममा सम्पन्न हुनेछ । ओसियनिक्सका का सिआइओ फिलिप होफम्यानले यस सहरको बारेमा धेरै कुराहरू भनेका छन् ।

फिलिप होफम्यान भन्छन् ‘ओसियनिक्स बुसान निर्माण गरेर, हामी पानीमा तैरने पूर्वाधारले तटीय शहरहरूको लागि नयाँ जग बनाउन सक्छ भनेर देखाउन चाहन्छौं । बढ्दो समुन्द्री सतहलाई सम्बोधन गर्न दिगो उपायहरू खोजिँदैछ ।’

यस परियोजनाबाट तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सहयोग गर्ने उद्देश्य रहेको उनले बताए । ‘ती मानिसहरूलाई मद्दत गर्न चाहन्छौं जसको अस्तित्व समुद्रको सतह बढेर खतरामा छ ।’ उनी भन्छन् ।

ओसियनिक्सले विश्वका पाँचमध्ये दुई जना तटीय क्षेत्रबाट १०० किलोमिटरको दायराभित्र बस्ने गरेको बताइएको छ । बाढीका कारण वर्षेनी लाखौं मानिस घरबार छाड्न बाध्य छन् ।

यो सहर एकदमै सुन्दर निलो तालमा बनाइनेछ जसमा धेरै पोखरीहरू हुनेछन् । शहरको आधार धेरै अन्तरसम्बन्धित प्लेटफर्महरू हुनेछन् । कूल १५ दशमलव ५ एकड क्षेत्रफलमा सहर बस्‍नेछ ।

सहरलाई विभिन्न क्षेत्रमा विभाजन गरी बस्ने, अनुसन्धान र आवासको सुविधा हुनेछ । सहरका भवनहरूको उचाइ अग्लो हुने छैन । सात तलाभन्दा कम उचाइका यस्ता भवन निर्माण गरिनेछ । बलियो हावाले यी भवनहरूलाई असर गर्नुहुँदैन ।

बुसानले चर्को गर्मीको अनुभव गरेको छ, जसका कारण सौर्य ऊर्जा पनि प्रयोग गर्न सकिने गरी भवनको छाना छायादार बनाइनेछ । सहरका प्रत्येक टापुमा छवटा कुनाहरू हुनेछन् । यी सबै कंक्रीट भन्दा बलियो चुनढुङ्गाले ढाकिनेछन् ।