२५ भाद्र २०८३, बिहीबार
,
Latest
उद्योगीलाई लाञ्छित गर्ने मन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक : महासंघ प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मी जैसीलाई विद्युत् प्राधिकरणले दियो १३ लाख ८१ हजार… एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य जलवायु परिवर्तनको विषयलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोेजक दाहाल गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना सम्पन्न नहुँदै बालेन विजयी



बालेन्द्र शाह
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा २० हजारभन्दा बढी मतले अग्रता कायम गरेका बालेन मतगणना सम्पन्न नहुँदै विजयी बनेका हुन् ।

लौरो चिह्न लिएर उठेका बालेनले अहिलेसम्म ५५ हजार ७४७ मत प्राप्त गरिसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । तेस्रो स्थानमा रहेका नेकपा ९एमाले० का केशव स्थापितले ३४ हजार ६२६ मत पाएका छन् ।

हालसम्म एक लाख ७१ हजार ८०२ मत गणना भएको छ । अब १९ हजार ३२३ मत मात्र गणना हुन बाँकी छ । गणना हुन बाँकी मतभन्दा बढीको अन्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग अग्रता कायम गरेका बालेन साहको विजय सुनिश्चित भएको हो ।

अब काठमाडौँ महानगरका वडा नं १३, १४, १५, १६ र १७ को मत गणना गर्न बाँकी छ