७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

कालीगण्डकी नदी कटानका कारण म्याग्दीका तीन बस्ती जोखिममा

कालीगण्डकी नदी कटानका कारण म्याग्दीका तीन बस्ती जोखिममा
Photo : File
अ+ अ-

गलेश्वर । म्याग्दी र कालीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेका म्याग्दीका तीन बस्ती संरक्षणका लागि बर्खा लागिसक्दा पनि तटबन्धनको काम सुरुआत हुन सकेको छैन । तटबन्धन थालनी नहुँदा सम्भावित जोखिमका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा रहेको बेनी नगरपालिका–४ मा पर्ने सिंगा तातोपानी, बेनी नगरपालिका–२ को बगरफाँट र कालीगण्डकी नदीको कटानका कारण उच्च जोखिममा रहेको उत्तरी म्याग्दीको भुरुङ तातोपानी बस्ती संरक्षणका लागि अझैसम्म पनि काम सुरु नभएपछि स्थानीयवासी त्रसित बनेका हुन् ।

म्याग्दी नदीमा आएको बाढीको कटानले बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती मावि पनि उच्च जोखिममा परेका स्थानीय व्यवसायी वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

नदीको कटानका कारण स्थानीयवासीको करिब १६ रोपनी बढी खेतीयोग्य जमिन बगाएको छ । नदीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा बस्न बाध्य भएको स्थानीयवासीको गुनासो छ । गत वर्ष भएको अविरल वर्षाका कारण म्याग्दी नदीमा आएको बाढीको कटानले विद्यालयको खाजाघरसमेत बगाएको थियो । विद्यालयको चारकोठे भवन र शौचालय उच्च जोखिममा परेका छन् भने त्यस नजिकै रहेका बस्ती र आमा समूहको भवनसमेत जोखिममा छन् ।

बर्सात कारण नदी कटानको जोखिम नरोकिएकाले त्रासमा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक सुरत बानियाँले बताउनुभयो । उहाँले बस्ती र विद्यालय संरक्षणका लागि वडा कार्यालय तथा नगरपालिकालाई जानकारी गराएपछि डिपिआरको काम भए पनि बस्ती संरक्षणको काम भने अझै सुरु हुन नसकेको बताउनुभयो ।

बेनी –४ का निवर्तमान वडाध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार बाढीको कटानले उच्च जोखिममा रहेका मसार बस्तीका १४ घरमध्ये आठ घर विस्थापित भएका छन् । विस्थापित परिवारलाई आफन्तकोमा स्थानान्तरण गरिएको छ ।

यसैगरी कालीगण्डकी नदीको कटानले उत्तरी म्याग्दीको भुरुङ–तातोपानी बजार पनि उच्च जोखिममा छ । मुस्ताङ जाने र फर्कने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकस्थल, प्राकृतिक तातोपानीको कुण्ड र बजार रहेको तातोपानी संरक्षणका लागि नदी किनारमा निर्माण भएको पक्की पर्खाल बाढीले भत्काएपछि जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

रोकथामको काम प्रभावकारी नहुँदा कालीगण्डकीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको स्थानीय श्यामबहादुर रानाले बताउनुभयो ।

यसैगरी म्याग्दी नदी कटानका कारण उच्च जोखिममा रहेको बेनी –२ बगरफाँट र बेनी नगरपालिक–३ दुधेखोलामा पनि नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम सुरु भएको छ तर, म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

“बर्खा लाइसक्यो, तर बस्ती संरक्षणको काम भने अझै सुरु भएको छैन, यो वर्खा कसरी कटाउने हो त्रासमा छौँ”, बगरफाँटका डिलबहादुर घर्तीले बताउनुभयो । शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीव्र कटानका कारण बेनी–२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । विसं २०५७ देखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्र गतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको स्थानीय नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हुन्छ ।पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषिउपजका लागि उर्बर फाँट रहेको बगरफाँट बर्सेनि साँघुरिँदै जान थालेको स्थानीयको गुनासो छ ।