२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सम्बोधनको सो प्रति टेबुल गर्नुभएको हो ।

यसैगरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको, “सम्माननीय राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०७९ साल जेठ १० गते मङ्गलबारका दिन गर्नुभएको सम्बोधनको लागि प्रतिनिधि सभाको यो बैठक सम्माननीय राष्ट्रपति महोदयमा धन्यवाद ज्ञापन गर्दछ”, भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सो पत्रअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल संयुक्त अधिराज्यको लण्डनमा आयोजना हुने कार्यक्रम सहभागी हुन यही जेठ ७ गते प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा अर्थमन्त्री जनार्दन शर्माले सो मन्त्रालयको कार्यभार सम्हाल्ने गरी प्रधानमन्त्रीले तोक्नुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि सभामुखले यही जेठ १२ र १३ गतेका लागि दिन तोक्नुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते बिहान ११ बजे बस्नेछ ।