५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा विचाराधिन नागरिकता विधेयकलाई सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन



अ+ अ-

काठमाडौं । सरकारले संसदमा विचाराधिन नागरिकता विधेयकलाई सबै दलको सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन दिएको छ ।

राष्ट्रपति विद्या भण्डारीले सरकारको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो आश्वासन दिनु भएको हो । राष्ट्रिय परिचय पत्रलाई तदारुपताका साथ वितरण गर्ने योजना पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । व्यक्तिगत घटना दर्ताको कामलाई विद्युतीय प्रणालीमा आवद्ध गरी त्यसलाई वडास्तरसम्म विस्तार गर्ने पनि सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

राष्ट्रपति भण्डारीले भन्नु भयो, ‘संसदमा विचाराधिन नागरिकता विधेयकलाई सहमतीको आधारमा छिट्टै टुंगोमा पुर्याउन पहल गरिनेछ । राष्ट्रिय परिचय पत्रलाई तदारुपताका साथ वितरण गरिनेछ । त्यसलाई सबै प्रकारको सेवा प्रवाहमा क्रमशः आवद्ध गर्दै लगिनेछ ।

व्यक्तिगत घटना दर्तालाई विद्युतीय प्रणालीमा आवद्ध गरी वडा स्तरसम्म विस्तार गरिनेछ । सामाजिक सुरक्षा कार्यक्रमलाई एकद्वार प्रणालीद्धार संचालन गरिनेछ ।’