३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामन्था र नागा चैतन्य एकअर्कासँग छुट्टिएर बस्न थाले



अ+ अ-

एजेन्सी । तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता तथा श्रीमान् नागा चैतन्य अक्किनेनी एकअर्कासँग छुट्टिएर बस्न थालेको कुरा मिडियामा छाएको छ।

बलिउड हंगामाका अनुसार सामन्था र नागा अहिले एउटै घरमा बस्दैनन्। नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन्। यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन्।

केही समयअघि सामन्थाले सामाजिक मिडियामा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएकी थिइन्। यसपछि नै उनीहरुको वैवाहिक सम्बन्धमा प्रश्न उठ्न थालेको हो। कुरा यतिमै सेलाएन। सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिर आएपछि यो विषय झनै ठूलो हुन थाल्यो।

अब भने यी दुई एकअर्कासँग छुट्टिएर बस्ने कुरा मिडियामा छाएको छ। samanthaउनीहरुबीच राम्रो बुझाइ भए पनि उनीहरु सम्बन्धमा भने बसेनन्। उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।