२ श्रावण २०८३, शनिबार
,
Latest
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछः अध्यक्ष पाण्डे सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियताः अतिक्रमण हटाउने अभियान जारी रहने सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा मनसुन थप सक्रिय हुँदैः बागमती प्रदेशको पहाडि क्षेत्रमा भारी वर्षा ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ पछिल्लो २४ घण्टामा ५२१ सवारीचालक कारबाहीमा धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामन्था र नागा चैतन्य एकअर्कासँग छुट्टिएर बस्न थाले



अ+ अ-

एजेन्सी । तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था र अभिनेता तथा श्रीमान् नागा चैतन्य अक्किनेनी एकअर्कासँग छुट्टिएर बस्न थालेको कुरा मिडियामा छाएको छ।

बलिउड हंगामाका अनुसार सामन्था र नागा अहिले एउटै घरमा बस्दैनन्। नागा घर छाडेर आफ्ना बुबा तथा नागर्जुन र कान्छी आमा अमालासँग बस्न गएका छन्। यता सामन्था भने बलिउडमा आफ्नो करियर अगाडि बढाउन हाइदरबादको घर छोडी मुम्बई बसाइ सरेकी छिन्।

केही समयअघि सामन्थाले सामाजिक मिडियामा आफ्नो नामबाट नागाको थर ‘अक्किनेनी’ हटाएकी थिइन्। यसपछि नै उनीहरुको वैवाहिक सम्बन्धमा प्रश्न उठ्न थालेको हो। कुरा यतिमै सेलाएन। सामन्था र नागा वैवाहिक परामर्श लिन गएको खबर बाहिर आएपछि यो विषय झनै ठूलो हुन थाल्यो।

अब भने यी दुई एकअर्कासँग छुट्टिएर बस्ने कुरा मिडियामा छाएको छ। samanthaउनीहरुबीच राम्रो बुझाइ भए पनि उनीहरु सम्बन्धमा भने बसेनन्। उनीहरुले सन् २०१७ मा वैवाहिक सम्बन्ध गाँसेका थिए।