२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा ६३८ मेगावाट बिजुली थप



अ+ अ-

काठमाडौं । एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा उक्त बिजुली उत्पादन गर्न सकेको बताउनुभयो ।

उक्त बिजुली उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको उहाँले जानकारी दिनुभयो । यस्तै, यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको र एक वर्षमा १२ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि उहाँले बताउनुभयो ।

यसैगरी, ठूला आयोजना बाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने र संघ, प्रदेश र स्थानीय तहको संयोजनमा प्राकृतिक स्रोतको समन्यायिक वितरण गरिने उहाँले बताउनुभयो ।