२४ पुष २०८१, बुधबार
,
Latest
पाकिस्तानी दिदीबहिनीले बलात्कारी बुबालाई आगो लगाए नागरिकलाई शित लहरबाट जोगाउन दाउरा वितरण पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइप्रति विश्वप्रकाशको विमति दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी सहकारीको रकम अपचलनमा मुछिएकी अन्जलालाई १० लाख धरौटीमा छाड्न आदेश पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ सहकारी ठगी प्रकरणः प्रतिवादीका वकिलहरूको बहस सकियो उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगद्वारा अन्तरिम प्रतिवेदन पेश खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा ६३८ मेगावाट बिजुली थप



अ+ अ-

काठमाडौं । एक वर्षमा ६३८ मेगावाट बिजुली उत्पादन भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले एक वर्षमा उक्त बिजुली उत्पादन गर्न सकेको बताउनुभयो ।

उक्त बिजुली उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको उहाँले जानकारी दिनुभयो । यस्तै, यो वर्ष ३२५ किलोमिटर सडक कालोपत्रे भएको र एक वर्षमा १२ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको पनि उहाँले बताउनुभयो ।

यसैगरी, ठूला आयोजना बाहेक अन्य आयोजना प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिने र संघ, प्रदेश र स्थानीय तहको संयोजनमा प्राकृतिक स्रोतको समन्यायिक वितरण गरिने उहाँले बताउनुभयो ।