४ भाद्र २०८३, बिहीबार
,
Latest
कर्णालीको विकासका लागि साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख जोशी ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुदको मिति सर्यो, असोज र कात्तिकमा हुने



अ+ अ-

काठमाडौं । यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साता हुने भएको छ ।

मंगलवार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । यसअघि जेठ महिनाको २२ देखि २८ गतेसम्म हुने भनिएको नवौं राष्ट्रिय प्रतियोगिता असोजसम्म सारिएको छ । राखेपको प्रश्तावमा मंगलवार बिहान बसेको मन्त्रीपरिषद् बैठकले नयाँ मिति असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले जानकारी दिनुभयो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले फास्ट ट्रयाकबाट गर्ने भनिए पनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भएको बताउनु भयो ।

मन्त्री गहतराजले भन्नुभयो, ‘फस्ट ट्रयाक, साफ गेमको मोडलबाट नवौं तयारी गरिएको भएपनि कानूनी प्रक्रिया र सार्वजनिक खरिद ऐनअनुरूप यसअघि तोकिएको समयमा गर्न असम्भव भयो । यस्तै यो बीचमा खेलाडी छनोटका प्रक्रिया पूरा गर्न नसकेको र आयोजक गण्डकी प्रदेशले दबाव भएको र गण्डकी प्रदेशको अनुरोधमा समय केही पछि धकेल्नु परेको हो ।’

नवौं राष्ट्रिय खेलकुदमा ६० करोड भन्दा धेरै खर्च नगर्न अर्थ मन्त्रालयले निर्देशन दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । कोभिड १९ महामारीका कारण दुई वर्ष ढिलो भइसकेको नवौं राष्ट्रिय खेलुकद जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकीको पोखरामा हुने तय भइसकेको थियो । तर, प्रतियोगिता शुरु हुन केही दिन मात्रै बाँकी रहँदा कुनै पनि कमिटी बनिनसकेको र टेन्डर आह्वानका लागि आवश्यक ३५ दिनको समयसीमा पनि नपुग्ने भएकाले प्रतियोगिता सर्ने करिव निश्चित थियो । यस्तै नवौं राष्ट्रिय खेलकुदका लागि यसअघि नै लोगो, मस्कट र नारासमेत सार्वजनिक भइसकेका छन् भने ३८ खेलमा प्रतिष्पर्धा गराउनेसमेत निर्णय यसअघि भइसकेको थियो ।