पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ । उक्त वडामा नेकपा एमाले विजयी भएको थियो ।
यसअघि नेकपा एमालेले वडा नम्बर १८ को पुनः मतगणना माग गर्दै निवेदन हालिसकेको छ ।
वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी हुँदा कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन् भने वडा नम्बर १७ मा नेकपा एमालेका राधिका शाही विजयी हुँदा नेपाली कांग्रेसका देवराज आचार्य पराजित भएका थिए ।
अहिले पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको भए पनि नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना स्थगित हुन पुगेको छ ।