४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

नेपालमा हाइड्रोजन,एमोनिया र युरियाबाट इन्धन उत्पादन गर्न प्राधिकरणको सम्झौंता(भिडियोसहित)

नेपालमा हाइड्रोजन,एमोनिया र युरियाबाट इन्धन उत्पादन गर्न प्राधिकरणको सम्झौंता(भिडियोसहित)
अ+ अ-

नेपालमा हाईड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाईड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो ।

मंगलबार सिंहदरवारमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गर्नु भएको सो सम्झौंतामा जीजीजीआईले सो ईन्धन उत्पादनका लागि आवश्यक अध्ययन गरिदिने, त्यसको कार्यान्वयनका लागि नेपाल सरकारलाई सहजीकरण गरिदिने र त्यसका लागि आवश्यक सबै खालका प्राविधिक सहयोग गरिदिने भनिएको छ ।

सम्झौंतामा काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर नेपालमा हाईड्रोजन फ्यूलको उत्पादन कार्यलाई अघि बढाउने उल्लेख गरिएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई) कोरियाको इेन्टिटिच्यूडसँग विद्युत प्राधिकरणले हाईड्रोजन एमोनिया र युरिया प्रोडक्सनको सम्बन्धमा उसले स्टडी गरिदिने, यसको कार्यान्वयनका लागि सहजीकरण गरिदिने र प्राविधिक सहयोग सबै गरिदिने हिसावले हामीसँग एउटा एमओयू गरिएको छ । यो एमओयू भईसकेपछि हामीले काठमाडौं युनिभर्सिटीलाई पनि संलग्न गराएर यो सम्बन्धमा नेपालमा हाईड्रोजन फ्यूलको सम्बन्धमा हामी व्यापक रुपमा यसको अध्ययन र यसको कार्यान्वयनको पक्षमा हामी जान्छौं ।’

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री भुसालले सो परियोजनाले विश्वमै महंगो बन्दै गईरहेको पेट्रोलियम पदार्थलाई विस्थापित गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने बताउँदै त्यसको छिटो कार्यान्वयन गर्न सम्बन्धित पक्षको ध्यान जाने विश्वास व्यक्त गर्नु भयो । उहाँले सो परियोजनाले नेपालको ऊर्जा क्षेत्रको नयाँ ढोका खोलिदिएको पनि बताउनु भयो । मन्त्री भुसालले भन्नु भयो, ‘हामी यहाँ पेट्रोलियम पदार्थको जो अहिले विश्व बजारमै ज्याँदै महंगो पनि भईराखेको छ । त्यसलाई विस्थापित गर्न सक्ने आफ्नै देशको उर्जा पनि खपत हुने महत्वपूर्ण परियोजना हो भन्ने लाग्छ । यो सामान्य एमओयू मात्रै होईन । यो एमओयू उल्लेख्य महत्वपूर्ण छ । यसको बरु समयमै कार्यान्वयन गर्दाखेरी यसले हाम्रो ऊर्जाको क्षेत्रमा नयाँ ढोका खोल्नेछ । यस कार्यान्वयन छिट्टै हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’

मन्त्री भुसालले जलविद्युतको खपतका लागि पनि नेपालमा ईन्धनसँग सम्बन्धित यस्ता परियोजनाहरु उपयोगी हुने स्पष्ट पार्नु भयो ।