१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी राष्ट्रहरूले प्रतिबन्ध बढाएपछि रुबलको मूल्य खस्क्यो



अ+ अ-

पश्चिमी राष्ट्रहरुले युक्रेनमा आक्रमण गरेपछि रुसलाई सजाय दिन सप्ताहन्तमा कडा प्रतिबन्धको घोषणा गरेपछि रुसको अर्थतन्त्रमा सम्भावित नाटकीय नतिजाका साथ रुसी रुबल सोमबार अमेरिकी डलरको तुलनामा कीर्तिमानी न्यून विन्दुमा गएको छ । 

पश्चिमी राष्ट्रहरूले नयाँ प्रतिबन्धहरू घोषणा गरेपछि र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक–सशस्त्र बलहरूलाई उच्च सतर्कतामा राखेपछि रुबल सोमबार सबैभन्दा न्यूनमा झर्यो।

युक्रेनले सोमबार दिउँसो ग्रिनविच मिनटाइमअनुसार ३ बजे बेलारुससँगको आफ्नो सिमानामा रुससँग वार्ता गर्ने छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका अनुसार उनी वार्ताको नतिजाका बारेमा शङ्कालु थिए, तर ती ‘प्रयास’ लायक थिए।

संयुक्त राष्ट्र महासभाले सोमबार युक्रेनमा रुसको आक्रमणलाई लिएर १९३ सदस्यीय निकायको दुर्लभ आपतकालीन विशेष सत्र आयोजना गरेको छ। सोमबार पनि संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी आक्रमणको मानवीय प्रभावका बारेमा बैठक राखेको छ।

युक्रेनको स्वास्थ्य मन्त्रालयले आइतबार रुसी आक्रमणमा १४ बालबालिकासहित ३५२ नागरिकको मृत्यु भएको र एक हजार ६०० भन्दा बढी घाइते भएको बताएको छ ।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार तीन लाख ६८ हजारभन्दा बढी युक्रेनीहरू द्वन्द्व हुनुभन्दा पहिला नै पोल्याण्ड र मोल्डोभातर्फ भागेका छन् ।