२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिपेन पोमूले पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट गर्ने घोषणा गर्नुभएको छ । सोमबार पदभार ग्रहण गर्दे उहाँले आगामी आर्थिक वर्षदेखि लागूहुने गरी नागरिकलाई निःशुल्क विद्युत् उपल्ब्ध गराउने घोषणा गर्नुभएको हो ।

गाउँपालिकाभित्रका नागरिकले सामान्य बिजुलीको बिल तिर्न जिल्ला सदरमुकाम फुङ्लिङ आउनुपर्ने बाध्यता रहेको भन्दै त्यसबाट छुटकारा दिलाउन यस्तो निर्णय गरेको पोमूले बताउनुभयो । यस्तै विद्युतीकरण हुन बाँकी रहेको गाउँमा पनि छिट्टै विद्युत् विस्तार गर्ने उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिकाभित्रका नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता छ, अब सरकारी कार्यालय, उद्योग र सङ्घ संस्थाबाहेकको विद्युत् महसुल छुट हुनेछ”, उहाँले भन्नुभयो । करिब दुई हजार २०० घरधुरी रहेको यस गाउँपालिकालाई उज्यालो पालिका बनाउने उहाँले योजना रहेको बताउनुभयो ।

उहाँले यही आर्थिक वर्षभित्रै प्राविधिक अध्ययन गरी आगामी आवबाट लागू हुनेगरी पालिकाभरिका नागरिकलाई विद्युत् महसुल छुट दिने पहिलो निर्णय गर्नुभएको हो ।