५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्ट लरेन्सका कोअर्डिनेटरबाट विद्यार्थीमाथि यौन दुर्व्यवहार, विद्यार्थी आन्दोलित



फोटो- सामाजीक सञ्जालबाट
अ+ अ-

काठमाडौँ । काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स विद्यालयमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यालयका कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आक्रोशमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

सो विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले विद्यायलकै युनिफर्ममा गौशालास्थित प्रहरी वृत्तअगाडि प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सहभागी एक विद्यार्थीले कोअर्डिनेटर अधिकारीले विद्यालयकी एक छात्रालाई पछिल्लो एक/दुई महिनायता यौन दुर्व्यवहार गर्दै आएको बताए । उनका अनुसार ती छात्रालाई रेस्टिकेट गरिदिने धम्की दिने तथा क्याफेमा लगेर अश्लील तरिकाले छुने गर्थे ।

सामाजिकि विषय पढाउने कोअर्डिनेटर अधिकारीले आफ्नो दाइ वा भाइसँग बेञ्चमा सँगै बसेकोमा पनि गाली गर्ने गरेको ती विद्यार्थीले बताए । उनका अनुसार अधिकारीले ‘तिमीहरु सँगै नबस, बेञ्चमै सेक्स गर्छौ’ भन्थे ।

कोअर्डिनेटरले फेसबुकमा पनि ती छात्रामाथि दुव्र्यवहार गरेको ती विद्यार्थीले बताए । फेसबुकमा उनले ‘तिमीले मिनिस्कर्ट लगाएको कस्तो सेक्सी देखिएको कमेन्ट गर्ने। ‘विल यु बि माई बेड पार्टनर ?’ ‘तिम्रो घर टाढा छ मेरो घरमै बस। भाडा पनि लिदिनँ। गाडी भाडा पनि मै दिन्छु। कलेजमा पनि फ्री गरिदिन्छु। तिमीले मेरो बेडको स्याटिस्फ्याक्सन पूरा गरिदिनुपर्‍यो’ लेखेको ती विद्यार्थीले बताए ।

प्रदर्शनमा सहभागी अर्का विद्यार्थीका अनुसार पीडित छात्रा भाग्न खोज्दासमेत कोअर्डिनेटरले समातेर दुव्र्यवहार गरेका थिए ।

विद्यार्थीहरूमाथि शिक्षकबाटै दुर्व्यवहार भएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो। अहिले प्रहरीले परिसर वृत्त गौशालाले घटनासम्बन्धी बुझ्ने काम गरिरहेको छ । प्रहरी परिसर वृत्त गौशालामा अहिले विद्यार्थीहरुसँगै अभिभावकहरु पनि पुगेका छन् ।