• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   सडकमा एक्लै घुम्न चाहन्छन् कोहली, तर फ्यानहरुले घेर्छन् भनेर डरले… ★   बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङमा नेपाली समुदायलाई सम्बोधन गर्दै ★   एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि… ★   संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे ★   जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु: प्रधानमन्त्री ★   व्यक्ति केन्द्रित समिति गठन हुँदैन – एमाले उपाध्यक्ष पोखरेल ★   जीवनको भोगाई स्मरण गर्दै विजयले भने – यस्तो दिन पनि देखेँ जब खानका लागि केही… ★   हार्दिकलाई एक खेलको प्रतिबन्ध, ३० लाख जरिवाना पनि लगाइयो ★   सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल ★   मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते

कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित



काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामकृष्ण जयखु श्रेष्ठलाई ४९२ मतले पछि पार्दै विजय हुनुभएको हो ।

अध्यक्ष पदमा विजय हुनुभएका भण्डारीले दुई हजार ७९० मत प्राप्त गर्दा उहाँको प्रतिस्पर्थी श्रेष्ठले दुई हजार २९८ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट टेकराज अधिकारी र श्रीराम राई निर्वाचित हुनुभएको छ । महिला सदस्यमा कांग्रेसको तर्फबाट सृजना भेटवाल र दलित महिला सदस्यमा एमालेको रचना सोनाम विजय हुनुभएको छ ।

वडा १० मा कांग्रेसको केसी निर्वाचित

त्यस्तै वडा नम्बर १० को अध्यक्ष पदमा कांग्रेसका रामकृष्ण केसी विजय हुनुभएको छ । केसीले एमालेका अशोक कार्कीलाई एक हजार ४७५ मतले पछि पार्दै जित हात पार्नुभएको हो । अध्यक्ष केसीले तीन हजार ४२८ मत प्राप्त गर्दा प्रतिस्पर्थी कार्कीले २९५३ मत प्राप्त गर्नुभएको छ ।

सदस्यमा कांग्रेसका नरोज अर्याल र सतीस तन्डुकार निर्वाचित हुनुभएको छ । महिला सदस्यमा भने कांग्रेसकै रोहनी श्रेष्ठ विजय हुनुभएको छ । दलित महिला सदस्यमा कांग्रेसबाट सुनिता भित्रिकोटी परियार निर्वाचित हुनुभएको छ ।