५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी हुने पक्का



रेनु दाहाल
अ+ अ-

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेणु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको विजय सुनिश्चित भएको हो ।

निर्वाचन कार्यालयका अनुसार मेयरमा रेणु दाहालले ४७ हजार २३८ मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ६९६ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ३२१ मत छ ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार भन्दा बढी रहेको छ । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले विजयी सुनिश्चित गरेका छन् ।

उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर छ ।

आयोगले दुई वडाको मतपरिणाम सार्वजनिक भएसँगै भरतपुरको नतिजा औपचारिक रुपमा घोषणा गर्नेछ ।