११ बैशाख २०८२, बिहीबार
April 24, 2025 Thursday

31.27°C

काठमाडौं

31.27°C

Kathmandu

Feels-like: 29.28

Wind: 4.12

Humidity: 19

Latest
काश्मीर आक्रमणकारीहरूलाई ‘पृथ्वीको कुनाकुना’ सम्म खोज्ने भारतीय प्रधानमन्त्रीको प्रतिज्ञा काठमाडौँ टावरमा केही व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको छ परियोजनाको प्राथमिकताको आधारमा बजेट छुट्ट्याउनुपर्छः पूर्वअर्थमन्त्री महत लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डप गुञ्जायमान आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन प्रधानमन्त्रीले शुक्रबार संसद्‌मा सम्बोधन गर्ने माईतीघरमा चिकित्सकहरुको प्रदर्शन नवःदेगको मुगल शैलीमा बनाइएको मन्दिर प्यागोडा शैलीमा पुनःनिर्माण गरिदै कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकताको घोषणा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल



अ+ अ-

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधिले जनताको हित हुने गरी काम गर्नुपर्ने बताउनुुभएको छ ।

तनहुँको भानु नगरपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि जनताका सेवक भएकाले जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । व्यक्तिगत स्वार्थमा नफसी जनताका आवश्यकतालाई पूरा गर्नेतर्फ लाग्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “जनप्रतिनिधिका काँधमा ठूलो जिम्मेवारी छ, उक्त जिम्मेवारीलाई सफलतापूर्वक सफल बनाउनेतर्फ ध्यान दिनुपर्छ ।”

स्थानीय तह निर्वाचनमा काङ्ग्रेसको नेतृत्वमा भएको गठबन्धन सफल भएको भन्दै वरिष्ठ नेता पौडेलले प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्ने धारणा राख्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्थानीय तहले जनतालाई भार पर्ने गरी कर वृद्धि गर्न नहुने उल्लेख गर्दै आम्दानीका स्रोत बढाउनुपर्नेमा जोड दिनुभयो । प्रत्येक वडामा पाँच ठूला आयोजनाको सूची तयार गर्न आग्रह गर्दै उहाँले त्यसका लागि सङ्घीय सरकारबाट बजेटको व्यवस्था गरिने बताउनुभयो ।

भानु नगरपालिकाका नवनिर्वाचित प्रमुख आनन्दराज त्रिपाठीले पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाउँदै विकासका सवालमा सबै पार्टीसँग सहकार्य गर्ने बताउनुभयो । उहाँले सबैलाई समान ढङ्गले हेर्ने उल्लेख गदै विकास निर्माणमा कसैले पनि अवरोध गर्न नहुने धारणा राख्नुभयो ।

भानु नगरपालिकाका नवनिर्वाचित उपप्रमुख उमा गोतामेले जनताले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । नगरप्रमुख त्रिपाठीले आजै जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरी कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको थियो ।