२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्कामा थप ८ मन्त्रीद्धारा राजापाक्षसमक्ष सपथग्रहण



अ+ अ-

कोलम्बो । श्रीलङ्कामा गठित नयाँ सरकारमा आठ मन्त्री थप गरिएको छ । उनीहरुलाई सोमबार राष्ट्रपति गोटावाय राजापाक्षसमक्ष सपथ खुवाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने भन्दै अघिल्लो हप्ता नयाँ सरकार गठन गरिएको थियो । त्यही सरकार विस्तार गर्ने क्रममा सोमबार ८ मन्त्री थपिएका हुन । राष्ट्रपति राजापाक्षले अघिल्लो हप्ता रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

देशमा उत्पन्न आर्थिक तथा राजनीतिक सङ्कटको मुख्य कारण तत्कालीन सरकार भएकाले विघटन गर्नु पर्ने माग गर्दै आन्दोलन भइरहेको थियो । लगातारको आन्दोलनका कारण तत्कालिन प्रधानमन्त्री महेन्दा राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि विक्रमासिङ्घेलाई नियुक्त गरिएको हो ।

नयाँ प्रधानमन्त्री विक्रमासिङ्घेले सरोकारवालाहरुसँग सहकार्य गर्ने, छलफल गर्नेलगायतका क्रियाकलाप मार्फत आर्थिक सङ्कट समाधानका उपायहरु अपनाउन थाल्नु भएको छ । उहाँको मन्त्रीपरिषद्मा मत्स्यपालन मन्त्री दौग्लास देवानन्द, जल तथा आपूर्ति मन्त्री केहेलीया रामाबुक्वेला, कृषि मन्त्री महिन्दा अमारावीरा र उद्योग मन्त्री रमेश पथिरानालाई बनाइएको छ ।