५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोज पाण्डेलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । मानवबेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा पक्राउ परेका मनोज पाण्डेलाई अनुसन्धानका लागि म्याद लिएको हो ।

कन्सल्टेन्सी सन्चालक तथा सुन्दरी प्रतियोगिताका आयोजक समेत रहेका पाण्डेले ८ वर्षअघि आफुलाई बलात्कार गरेको भन्दै एक युवतीले सामाजिक सन्जालमार्फत घटना विवरण सार्वजनिक गरेपछि पाण्डे पक्राउ परेका थिए । पाण्डेविरुद्ध दुई जना युवतीले किटानी जाहेरी दिएकी थिईन् ।

पाण्डेलाई प्रहरीले गत शनिबार दिउँसो काठमाडौंबाको स्वयंम्भू बाट पक्राउ गरेको थियो ।

पाण्डेले ति युवतीलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितले भिडियो मार्फत बताएकी थिईन । पाण्डेले पीडितको तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको पीडितले भिडियोमा खुलाएकी छिन् ।

पाण्डेविरुद्धको आरोप घटना ८ वर्षअघि भएको र हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।