१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत बेरीद्वारा चितवनका विभिन्न क्षेत्रको अवलोकन भ्रमण



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले गत साता चितवनका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको छ ।

युएसएआईडी नेपालकी मिसन निर्देशक सेपिडे केभान्सडसँगै उहाँले अमेरिकी सरकारले हरियो वन कार्यक्रममार्फत चितवन जिल्लाका विभिन्न स्थानमा जैविक विविधता संरक्षणमा सघाएका क्षेत्रहरुको अवलोकन भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो भ्रमणका क्रममा राजदूत बेरीले वन्यजन्तुसम्बन्धी विविध रोगहरुको पहिचान र उपचार गरिने एनटीएनसीबीसीसीको बायोडाइभर्सिटी फरेन्सिक डाइग्नोस्टिक ल्याबोरेटरीमा पुगेर त्यस संस्थाले गरिरहेको कार्यहरुबारे जानकारी लिनुभयो ।

राजदूत बेरी र युएसएआईडी नेपालकी मिसन निर्देशक केभान्सडको टिम नयाँ पदमपुर क्षेत्रमा पुगेर युएसएआईडीको सहयोगमा कसरी करिब २०० महिला उद्यमीहरुलाई व्यावसायिक तालिममार्फत सहयोग भएको थियो भन्ने अनुभव सुन्नुभयो ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, “नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठ मनाउँदै गरेको सो क्षणमा नेपालको जैविक विविधता संरक्षणका लागि हाम्रा बलिया साझेदारीहरुको सम्झना गर्न चाहन्छौँ ।”