७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजदूत बेरीद्वारा चितवनका विभिन्न क्षेत्रको अवलोकन भ्रमण



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले गत साता चितवनका विभिन्न स्थानको अवलोकन भ्रमण गर्नुभएको छ ।

युएसएआईडी नेपालकी मिसन निर्देशक सेपिडे केभान्सडसँगै उहाँले अमेरिकी सरकारले हरियो वन कार्यक्रममार्फत चितवन जिल्लाका विभिन्न स्थानमा जैविक विविधता संरक्षणमा सघाएका क्षेत्रहरुको अवलोकन भ्रमण गर्नुभएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो भ्रमणका क्रममा राजदूत बेरीले वन्यजन्तुसम्बन्धी विविध रोगहरुको पहिचान र उपचार गरिने एनटीएनसीबीसीसीको बायोडाइभर्सिटी फरेन्सिक डाइग्नोस्टिक ल्याबोरेटरीमा पुगेर त्यस संस्थाले गरिरहेको कार्यहरुबारे जानकारी लिनुभयो ।

राजदूत बेरी र युएसएआईडी नेपालकी मिसन निर्देशक केभान्सडको टिम नयाँ पदमपुर क्षेत्रमा पुगेर युएसएआईडीको सहयोगमा कसरी करिब २०० महिला उद्यमीहरुलाई व्यावसायिक तालिममार्फत सहयोग भएको थियो भन्ने अनुभव सुन्नुभयो ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, “नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्षगाँठ मनाउँदै गरेको सो क्षणमा नेपालको जैविक विविधता संरक्षणका लागि हाम्रा बलिया साझेदारीहरुको सम्झना गर्न चाहन्छौँ ।”