२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानका नवनिर्वाचित मेयर हर्कराज साम्पाङले लिए शपथ



अ+ अ-

सुनसरी । धरान उपमहानगरपालिकाको नवनिर्वाचित मेयर हर्कराज साम्पाङ राईले शपथ ग्रहण गरेका छन् ।

नवनिर्वाचित मेयर राईले आज (सोमबार ) जिल्ला निर्वाचन प्रमुख अधिकृतसमेत रहेका सुनसरी जिल्ला अदालतका १ नम्बर न्यायाधीश कैलाश सुवेदीले शपथ ग्रहण गराएका हुन् । स्वतन्त्र उम्मेदवारबाट राई धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

लौरो चुनाव चिह्न लिएर चुनावमा उठेका नवनिर्वाचित मेयर राईले २० हजार ८२१ मत प्राप्त गरेका थिए।

त्यस्तै उममेयरमा २० हजार ५१० मतसहित माओवादी केन्द्रका अइन्द्रविक्रम बेघा विजयी भएका हुन् ।