२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक नाले घरेलु बन्दुकसहित एक जना पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

वीरगञ्ज । पर्सा प्रहरीको टोलीले १२ बोरको एक नाले घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा पर्सागढी नगरपालिका– ९ बस्ने वर्ष २७ का मनोज भन्ने शिवु माझी मुसहरलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

बन्दुक बोकी बडेर्वाबाट तेलिया टोलतर्फ जाँदै गरेको भन्ने सूचना प्राप्त भएपछि खोजतलास तथा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय एकटाँगा र अस्थायी प्रहरी पोष्ट मनवाबाट संयुक्त टोलीले तेलिया टोल जाने सडकखण्डबाट मुसहरलाई पक्राउ गरेको थियो ।

प्रहरी टोलीलाई देख्नासाथ भाग्ने खोजेका थिए । तर प्रहरीले सक्रियता देखाउँदै १२ बोरको १ नाले घरेलु बन्दुकसहित मुसहरलाई पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेको मुसहरलाई हातहतियार तथा खरखजानासम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।