• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच वार्ता



ग्वान्जाउ । चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीकाबीचमा वार्ता भएको छ । हाल चीनको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री जर्दारी र चिनियाँ विदेशमन्त्रीका बीचमा आइतबार ग्वान्जाउमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानी विदेशमन्त्री जर्दारी यही मे २१ मा चीन भ्रमणमा जानुभएको थियो । त्यस क्रममा आइतबार उहाँहरुका बीचमा वार्ता भएको बताइएको छ । त्यसक्रममा पाकिस्तानले चीनलाई महत्व दिएको र नयाँ सरकारका विदेश मन्त्रीले भ्रमणका रुपमा चीनलाई छानेकामा चीन खुसी भएको विदेशमन्त्री यीले बताउनुभएको समाचारमा जनाइएको छ ।

हालै पाकिस्तानको विदेशमन्त्रीमा नियुक्त हुनुभएका जर्दारीले प्रारम्भिक रुपमा नै चीनको भ्रमणको कार्यक्रम तय गर्नुभएको थियो । त्यस क्रममा उहाँले पाकिस्तानको विकासका विभिन्न क्षेत्रमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभएको थियो ।

साथै त्यस क्रममा पाकिस्तानी विदेशमन्त्री जर्दारीले पाकिस्तान सदैव एक चीन नीतिको पक्षमा रहेको र चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको जानकारी दिनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ ।