• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   सरकारको आँकलन: एक वर्षको अवधिमा विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँको क्षति ★   वैज्ञानिकहरूले पत्ता लगाए संसारको सबैभन्दा गहिरो खाडल ★   ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने ★   दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार ★   विपद्का लागि सातै प्रदेशमा एयर एम्बुलेन्स जरुरी छ: गृहमन्त्री लामिछाने ★   एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर ★   सार्वजनिक सेवा प्रशारण फेरि मन्त्रालयको हालीमुहाली हुनेगरी अघि बढेको छ: नेता रिजाल ★   सूचनाका श्रोत फराकिलो भएपनि विचारहरु संकुचित हुँदैछन्: प्रमुख सचेतक परियार ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने ★   मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

भ्यू टावरको अर्थ नबुझ्नेहरु यसको विरोध गर्छन् – ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गर्नु भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले भ्यूटावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली काँग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धि घोषणा पत्रमा भ्यूटावर बनाउदैनौं भनेर उल्लेख गरेको जिकीर समेत गर्नु भयो ।

आईतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उहाँले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली काँग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बाै आम्दानी दिएको स्मरण गराउनु भयो । ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको ईफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बौ आम्दानी दिने गरेको बताउनु भयो ।

उहाँले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्क समेत गर्नु भयो । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गर्नु भयो । उहाँले भन्नु भयो, ‘पोलिटिक्स गर्दिन यहाँ, यो साहित्यिक मञ्च । एउटा पार्टीले आफ्नो घोषणा पत्रमै भन्यो–भ्यू टावर बनाउँदैनौं । भ्यूटावर बनाउने काम छैन । इफेल भन्ने ईन्जिनियर जसले ईफेल टावर बनाए । बुद्धि नभएका रहेछन कि क्या हो ? जो फ्रान्सको प्रतिक भएको छ । जसले फ्रान्सलाई अरबौको आम्दानी दिलाएको छ ।

भ्यूटावरभन्दा केही होईन, टुप्पामा धान फल्दैन । अलि तल कोदो फल्दैन । तल मकै पनि फल्दैन । आँप पनि फल्दैन, लिची पनि फल्दैन । पैसा मात्रै फल्छ, भ्यू टावरमा । इफेल टावर, वासिंटन टावर र अन्तका टावरहरु, इतिहास, ऐतिहासिक धरोहर, हाम्रो उचाई, थुप्रै कुराहरु यसभित्र हुने गर्दछ । तर जव हामी सोझो आम्दानीको कारोबार मात्रै गर्छौं भने फर्गेट एस्टडे जस्ता कुराहरु पटक पटक आउँछन । किनभने हामीसँग नगदानगदी विजनेश बाहेक अरु कुनै हुँदैन । किनभने हामी भावनामा छैनौं ।

हामी संवेदनशील छैनौं । हामी गर्वानूभूति गर्दैनौं । हामीसँग प्रेष्टिज भन्ने कुरा छैन । अव त्यसो भयो भने फर्गेट एस्टडे भनिरहनु पर्छ । डन्ट फर्गेट एस्टडे भन्ने गरी काम गरौं । गौरवपूर्ण कामहरु सम्झौं । गौरवपूर्ण इतिहासहरु सम्झौं । शुद्ध, पवित्र क्रियाकलाप गरेको सम्झौं । नराम्रो काम गर्दै नगरांंै । कसैसँग भन्न नपरोस–घनिष्ट भन्दा घनिष्ट, जसलाई हामीले धोका दियौं । घनिष्टलाई धोका लिएर भोलीपल्ट फर्गेट एस्टडे भनेर दाँत देखाउन नपरोस् ।’

ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अव इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताउनु भयो ।